Monday, August 20, 2018

"एम.एन.ओ. बाहुन क्षेत्रीहरु का निम्तित्त चिलाउने काउसो भएको छ ।" ----------------- प्रेसिडेन्ट मेचे

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाको इलाममा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय प्रेसिडेण्ट पदमा सर्वसम्मत मा चुनिनुहुने व्यक्ति हुन् - बुद्धलाल मेचेे । झापा मेचीनगर -३ मा एक सामान्य किसान परिवारमा जन्मनु भएका मेचे विगत २६ वर्ष देखि सक्रिय रुपमा संगठनमा लागिरहनु भएको छ । संगठनका संस्थापक प्रेसिडेण्ट युग पुरूष डा. गोपाल गुरुङको देहान्तपछि केन्द्रीय प्रेसिडेण्ट पदमा पुग्ने उहाँ पहिलो व्यक्ति समेत हुनुहुन्छ । एक इमान्दार, वफादार, निडर, हकी स्वभाव एबम् प्रखर वक्ता नेताको रुपमा संगठनमा परिचित हुनुहुन्छ । केन्द्रीय सभाको प्रेसिडेण्ट पदमा निर्वाचित हुनु भएको उनै बुद्धलाल मेचे सँग समसामयिक राजनीतिक एबम् संगठन को विषयमा मंगोल भिजनले लिएको छोटो अन्तरवार्ता ;
* सर्वप्रथम पाँचौं राष्ट्रिय महाधिवेशन बाट प्रेसिडेण्ट पदमा निर्वाचित हुनु भएकोमा यहाँ लाई हार्दिक बधाई .
---- तपाई लगायत मंगोल भिजन युनिटलाई धन्यवाद छ ।
* आजभोलि निकै नै व्यस्त हुनु हुन्छ होला होइन?
--- खासै व्यस्त छुइन, साथीहरु तयार भइसक्नु भयको छ । सय केजीको भारीमा ८९ केजी साथीहरुले बोक्नु भएको छ भने मैले ११ केजी मात्र भारी बोक्नु परेको छ । तर पनि युग पुरुष अमर डा. गोपाल गुरुङ
ज्यूले आफू जीवित छदै आफ्नो जीवनी लेखेर पूरा गर्छु भन्नुभएको काम विविध कारणले अधुरो रहेको छ । त्यो अधुरो रहेको जीवनी पूरा गर्ने तयारीमा जुटेको छु र यसैमा अहिले समय दिइरहेको छु ।
* डा. गोपाल गुरुङ तपाईंहरू माझ हुनुहुन्न, उहाँको अनुपस्थितिमा पाँचौं राष्ट्रीय महाधिवेशन सम्पन्न गर्नलाई कतिको समस्या र चुनौती आयो ?
- चुनौती र समस्या दुवै अवसर हुन् । चुनौती र समस्या भन्ने कुरा आउनु पर्छ र आउनु स्वभाविक पनि हो । चुनौती हिजो पनि आएको थियो, आज पनि आयो । भोलि पनि आउने छ । डा. गोपाल गुरुङकै निर्देशन र सहभागितामा चारवटा राष्ट्रिय महाधिवेशन सम्पन्न भई अभ्यासको रूपमा आइसकेकोले समस्या भएन । सबैजसो साथीहरुले डा. गुरुङ का पुस्तकहरू गहिरो किसिमले अध्ययन गर्नु भएको रहेछ । उहाँहरू बाट भरपूर मात्रामा साथ र सहयोग प्राप्त भएपछि सजिलै प्रकारले सम्पन्न गर्न सफल भयौं ।
* संगठन को पाँचौं राष्ट्रिय महाधिवेशन आउन अझै डेढ वर्ष समावधी छदाछदै अगाडि नै किन गर्नुभयो ?
--- युग पुरुष अमर डा. गोपाल गुरुङको २०७३ साल जेठ २८ गते दुःखद निधन भएपछि संगठनको नामोनिशान नरहने गरी धोस्त पार्ने षड्यन्त्र संघठन बाहिर देखि र भित्र बाटै व्यापक रूपमा चलखेल भयो । षड्यन्त्र त डा. गोपाल गुरुङ बिरामी छदा देखि नै भइरहेको थियो । तर बाहिर आउने हिम्मत कसैले गरेका थिएनन् । यसकारण संगठन बचाउन र ८० प्रतिशत अहिन्दु मूलबासी मंगोलहरुको भावी सन्ततिहरू को भविष्यमाथि खेलबाड गर्न नदिनका लागि मैले ठूलै कदम चाल्नुपर्ने बेला आइसकेको थियो । यसको निम्ति मैले २०७४ माघ १० र ११ गतेको केन्द्रीय सभाको बैठकमा संकट मोचनको निमित्त पाँचौ राष्ट्रिय महाधिवेशन ६ महिना भित्रमा गर्नुपर्ने प्रस्ताव राखे, जुन प्रस्ताव बहुमतले पास गर्यो । संगठन भित्र चामल र कनिका नछुटाई नहुने भइसकेको थियो । अलिक ढिलो गरिएको थियो भने संगठन ध्वस्त हुनेथियो । यसकारणले महाधिवेशन अगाडि सार्नु पर्यो ।
* इलाममै पाँचौं राष्ट्रिय महाधिवेशन गर्नुको कारण चाहिँ के हो नी?
--- एमएनओको उद्गम स्थल हो । सुरुवात इलाम बाटै गर्नु भएको थियो । बाख्रा को टाट्नामा स्कूल खोलेर शिक्षाको ज्योति छर्नु भएको पहिलोपटक इलाम बाटै हो । पटक पटक गरेर चुनाव लड्नु भएको एतिहासिक जिल्ला इलाम भएकोले डा.गोपाल गुरुङको अनुपस्थितिमा अन्तिमपटक गर्नै पर्ने थियो । साथीहरुले दूरदर्शी निर्णय गर्नु भयो, राम्रै भयो ।
* स्थानिय चुनावमा एमएनओले चुनाव चिन्ह नपाउनुको कारण चाहिँ के थियो ?
--- केन्द्रीय बैठकले निर्णय गरेर, विश्वास गरेर, सरकारी कामकाज देखि निर्वाचन आयोग सम्मको सबै काम गर्नु है भनेर औपचारीक पत्र पाएका जिम्मेवारी व्यक्तिले विश्वासघात गरेपछि कसको के लाग्छ र ? को कसरी आएको हुन्छ, कसले पठाएको हुन्छ, मान्छे चिन्नै गाह्रो हँदोरहेछ। जो कोहीलाई झट्ट विश्वास गर्नु नै हाम्रो भूल भयो । विर्सन नसकिने गरी गतिलो पाठ पनि सिकियो । निर्वाचन आयोगले जारी गरेको २६९ को फारम राजनीतिक दलले भर्नु पर्ने थियो । नभर्दा स्थानिय चुनावमा भाग लिन पाइने छैन भनेर उल्लेख गरिएको थियो । तोकिएको समय र थप म्यादमा पनि फारम भरेर नबुझाएपछि निर्वाचन आयोगले चुनावमा भाग लिन नदिने हो ।
* प्रदेश र केन्द्रको चुनावमा चुनाव चिन्ह पाउनु भयो तर जितको नतिजा हात परेन होइन ?
--- स्थानिय चुनावमा चुनाव चिन्ह नपाए पछि हाम्रा कार्यक्रता एवम् समर्थकहरू अल्लमल्लमा परे । स्थानिय चुनाव सिद्धिएको ५ महिनामा प्रदेश र केन्द्रको चुनाव गरिदिएकाले हामी आवश्यक तयारीमा जुट्दा जुट्दै समय नपुगेकोले जीत हात नपरेको हो । यो बाहुन क्षेत्रीको एमएनओलाई जित्न नदिने योजनाबद्ध षड्यन्त्र थियो । स्थानिय चुनावमा एमएनओले नजितिसके पछि केन्द्र र प्रदेशको चुनावमा पनि जित्न नदिने भन्ने । यसको लागी तुरुन्तै चुनाव गरे । जितको नतिजा नआएपछि एमएनओको कार्यकर्ता र समर्थकहरू निराश र हतास भएर एमएनओ छाडेर जाओस् भन्ने थियो । चुनाव जित्न मात्र ठूलो कुरा होइन, चुनाव भन्ने कुरा आउँछ, जान्छ तर मूल माग र मुद्धाको लडाई हार्नु हुँदैन । बाहुनक्षेत्रीहरुले हामीलाई चुनावमा हरायो तर हाम्रो मूल मुद्दा लोकतन्त्र, धर्मनिरपेक्ष, प्रन्तियता र एम.एन.ओ. लाई मास्न र हराउन सकेन ।
* संगठन भित्र विवाद छ भन्छन् नी ?
--- पाँचौं राष्ट्रिय महाधिवशन अघि छिटफुट विवाद हरु देखा परेको हो । अहिले यस्तो विवाद केही देख्दिन । डा.गोपाल गुरुङले लेख्नु भएको जतिपनि पुस्तकहरू छन्, गहिरिएर पढ्नेहरुले सबै छर्लङ्गै देखिसकेका हुन्छन् । आफ्नो काम, कर्तव्य के हो, लक्ष्य, उदेश्य के हो ? भन्ने कुरा र सोही अनुरूप अघि बढिरहेको हुन्छन् । तर मन अन्ततिर डुलाएर माथि माथि पढी टो पल्ने हरुले विवाद र समस्या देख्छन् र बखेडा झिक्ने काम गरिरहन्छ ।
* बुद्धलाल मेचेले खस आर्य र आदिवासी जनजाती स्वीकार्यो भन्छन् नी, कसरी खण्डन गर्नु हुन्छ?
--- को, कसले के के भन्छ, के के आरोप लाउँछ, के के भ्रम छर्छ यस्तो विषयमा चासो राख्दिन म । म त अगाडि हेर्छु, अगाडि हेरेर जे देख्छु र अहिलेलाई के काम गर्नु पर्छ ? त्यही काम गर्छु । राजनीतिक दलले समानुपातिक तर्फ उमेद्वार दिँदा जनसंख्या को आधारमा महिला, दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, अापाङ ग, थारु, मुस्लिम बाट बन्दसूची को आधारमा गराउने व्यवस्था कानुन बमोजिम हुनेछ भनेपछि चुनाव प्रयोजनका लागि र सामाजिक न्यायको हकको आधारमा २०६४ को संविधान सभाको चुनावमा पनि यही कुराको अभ्यास भएको थियो । २०७० को दोस्रो संविधान सभाको चुनावमा पनि अभ्यास गरेर आएको थियो । २०७४ को प्रदेश र केन्द्रको चुनाव मा पनि सोही बमोजिम अभ्यास गरेका हौं । संगठन ठूलो की व्यक्ति ठूलो ? जे बोल्छ संगठनको विधान र घोषणा पत्रले बोल्ने कुरा हो । बुद्ध लाल मेचे ले खस आर्य र आदिवासी जनजाति कहिले स्वीकारेको छ ? हामी लोकतन्त्र वादी हौ । यसकारण हामी भोलि सत्तामा पुगेका खण्डमा हाम्रो घोषणा पत्रमा भए बमोजिम सामाजिक न्यायको हक ग्यारेन्टी गर्नै पर्छ । दलित, मुस्लिम, क्रिश्चियन, बुद्धिष्ट र ओ विसीलाई विभाग छुट्टाएर कोटा निर्धारण गर्नुपर्छ । ओविसी भनेको के हो ? गिरी, पूरी, सन्यासी, जोगी, ठकुरी हुन् ।
* केही समय अघि मंगोलको च्याप्टर क्लोज भयो भनेर भन्नु भएको थियो वास्तविकता के हो ?
--- हाम्रो संगठनको १०-१० वर्षमा को कसले कति सिक्यो ? कति जान्यो ? उपलब्धि बारे लेखाजोखा र मूल्याङ्कन हुन्छ । संगठन ले १० वर्ष भित्रमा मंगोल मूलबासी, आदिवासी, जनजाति, हिन्दू, अहिन्दु, किराती, मतवाली को विषयमा अध्ययन अध्यापन गरायो । सबै साथीहरु यस विषयमा खरो उत्रिएर पास भइसक्नु भएको छ, अब तपाईंहरूका लागि यो विषयको च्याप्टर क्लोज भयो । अर्को माथिल्लो श्रेणी को च्याप्टर शुरू हुन्छ । राष्ट्र र राष्ट्रियता, लोकतान्त्रिक समाजवाद, धर्मनिरपेक्ष आदि विषयमा भनेको थिए । मेरो कुरा नबुझेकाले सोधी खोजी गर्नु राम्रो पक्ष हो, तर बुझी बुझी अतिरञ्जित गरेको हो भने आफैलाई कुरी कुरी लाग्ने कुरा हो ।
* डेविट तामाङ र श्रीनिवास आचार्य काण्डले एम एन ओ को विरुद्ध मिडिया र बाहुन क्षेत्रीहरुले खैरो खन्नुको कारण के हो ?
--- एम.एन.ओ. संगठन यसका नाराहरू र अहिन्दु, मंगोल, मूलबासी शब्द बाहुन क्षेत्रीहरु का निमित्त चिलाउने काउसो भएको छ । एम एन ओ लाई जरै देखि उन्मूलन गर्न बाहुनक्षेत्री र बाहुनक्षेत्रीको मिडिया नवारान देखिको बल निकालेर घुँडा घुँडा धसेर लागेको छ । के गर्दा रहेछन् हामी टुलुटुलु हेरेर पर्खको नीति अपनाइरहेका छौं । एम.एन.ओ. प्रतिको दुष्ट नीति तिव्र विरोध र षड्यन्त्र बाहुन क्षेत्रीहरुले निरन्तर जारी राख्छ भने चिलाउने काउसो भएर बाहुनक्षेत्री लाई जहाँ छोयो बुरुक बुरुक उफ्रने जुन अंग मा छोए पनि कन्याएको कान्याएको हुने गरी खनिन्छौं । यो हाम्रो निम्ति अन्तिम विकल्प हुन सक्छ ।
* मंगोल रिसर्च सेन्टर को कुरा कहाँ पुग्यो ?
--- आवश्यक पूर्वाधार तयार भईसकेको छ । अब बस्ने केन्द्रीय सभाको बैठकमा निर्माण समिति गठन गरेर यो सम्बन्धी विज्ञ मान्छेलाई जिम्मेवारी सुम्पने छौं ।
* पाँच वर्षमा सत्तामा पुग्छौं भनेर उद्घोष गर्नुभयो नी?
--- समय आयो, मूलबासी मंगोलहरुले फल खाने बेला भईसकेको छ । बृहत मंगोलहरुले सबै पार्टी र नेताहरुलाई हेरिसकेका छन्, चिनिसकेका छन्, स्पष्ट भिजन भएको एम एन ओ मात्र हो, यसको विकल्प छैन भन्न थालेका छन् । वस थोरै काम गर्न बाँकी छ, आटी, खाटी, त्यागी, दूरदर्शी नेताहरुको छनोट गरेर अगाडि बढाउनु छ । उठ, जुट, जुझ लाई मूल मन्त्रको आधार बनाएर नीतिहरु पास गरेका छौं ।
* पाँचौं राष्ट्रीय महाधिवेशन को खुल्ला सभामा बाहुनक्षेत्री ले यो देश बनाउन सक्दैन, गणतन्त्रवादी हुनै सक्दैन भनेर यहाँले आरोप लगाउनु भयो नी ? कारण के हो ?
--- सबैले ४ सय ५० वर्षदेखि देखेको कुरा हो, भोगेको कुरा हो । बाहुनक्षेत्री ले देश बनाउन नसक्नुको एतिहासिक कारणहरू छन् । ती मध्ये एक त यिनीहरू यो देशको लागि विदेशी शरणार्थी हरु हुन् । अर्को यिनीहरूको संस्कार ढुङ्गालाई दूत, मान्छेलाई मूत खुवाउने संस्कार छ । यो संस्कारमा जन्मेर हुर्केका बढेकाहरुले संस्कारगत रूपले आफूलाई परिवर्तन गर्न सक्दैन, गणतन्त्र भन्ने कुरा धेरै माथिको कुरा हो । यिनीहरू गणतन्त्रवादी हुनै सक्दैन । जति पनि मुलुकमा परिवर्तन आएको छ, त्यो जनताहरू चेतनशील र लोकतन्त्रवादी भएर हो । जनताहरू जागरुक भएर ठेलेको ठेलेकै गरेरको हुनाले यतिको परिवर्तन भयो । जनताहरू चुपचाप बसुन त यिनीहरूले लोकतन्त्र पनि भन्न छाडेर ज्ञानेन्द्र शरण गच्छामि भन्न थाल्छन् आखिरीमा सबै दलका नेताहरु हिन्दुवादी र राजावादी न हुन् । यसकारण हिजो राजाले जसो गरे त्यसै गरेका छन् । महङ्गी र भ्रष्टाचारी, व्यभिचारी, तस्करी हरुलाई पाल्ने र पोस्ने काम मात्र्ग गरिरहेका छन् ।
* प्रसंग बदलौं, अब मुलुक कसरी अगाडि बढ्छ ?
--- केही समय वेतिथिले मुलुकलाई आक्रान्त बनाउँछ । यो वेतिथि चरम बिंदु सम्म नपुगी छाड्दैन । सबै जनतालाई हायल कायल बनाएरै छाड्छ, यसबाट कोही पनि अछुतो रहन सक्दैन । कम्युनिस्ट हरुले देश चलाएको हुँदा कहीं कतै बाहिर बाट पनि प्रयाप्त मात्रामा सहयोग आउदैन । महङ्गी बढ्छ, भ्रष्टाचार मौलाउँछ । त्यसपछि मात्र सेलाउँदै गएर थिति बस्दै जान्छ ।
* अन्त्यमा मंगोल भिजन मार्फत जनतालाई के संदेश दिन चाहनुहुन्छ ?
--- मंगोल नेशनल अर्गनाइजेशनले लडेको वैचारिक लडाई रहस्यमय लडाई हो । जसरी बाहुनक्षेत्री ले हाम्रो देश लुटेको हामीले थाहा नै पाएनौं। कसले लुट्यो भन्दा आज पनि लुट्नेलाई चिन्न सकेका छैनौं । मंगोल नेशनल अर्गनाइजेशन यहाँका समस्त ८० प्रतिशत अहिन्दु मूलबासी मंगोलहरुको साझा घर हो । आफ्नो घरलाई विरानो ठानेर बाहुनक्षेत्रीको घर सजाउँदा हाम्रो हविगत यस्तो हुन पुगेको छ । एम.एन.ओ. ले तपाईंलाई साझा सत्रु चिनाएर, आफ्नो घरको मालिक आफै बनाउँछ । पशु जस्तो भएर बाँच्न परेको जिन्दगीलाई मान्छे जस्तो भएर बाँच्न सिकाउँछ । यसकारण एम एन ओ मा आबद्ध भएर एकमुठ्ठी हुन्छ कि दुई मुठी हुन्छ, लगानी र सहयोग गर्नुहोस् । तपाइको लगानी र सहयोगले तपाईंका दरसन्तान पुस्तौं पुस्तासम्म मालिक बन्न पाउनेछ । अस्तित्वमा बाँच्नेछ भन्न चाहन्छु ।

0 comments :

Post a Comment

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu