Saturday, August 11, 2018

मंगोल नेशनल अर्गनाइजेसनको सम्मान तथा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा धादिङको आयोजनामा जिल्ला सदरमुकाम स्थित गणेश हिमालको सभा हलमा सम्मान तथा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संगठनले अँगालेको पाँच क्रान्तिको प्रतीक स्वरूप 5 वटा द्वीप प्रज्वलन सहित नेपालका प्रथम लोकतान्त्र वादी नेता युग पुरुष अमर डा. गोपाल गुरुङको सम्झनामा मौनधारण सहित सुरु भएको थियो । संगठन का वरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गत प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन मा संगठनको तर्फ बाट निर्भिक उमेद्वारी दिएर मंगोलहरुको आउने भावी सन्ततिको भविष्यको निम्ति वैचारिक राजनीतिक प्रतिस्पर्धामा आउने जिल्ला का सबै क्षेत्र बाट मनोनयन दर्ता गराउनु भएका संगठनका नेता हरुलाई कार्यक्रमका प्रमुख अतिथि बाट सम्मान पत्र तथा खादा द्वारा सम्मान गरिएको थियो । कार्यक्रम कै अवसर पारेर भर्खरै सम्पन्न भएको मंगोल नेशनल अर्गनाइजेसन को पाँचौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय सदस्य द्वय रिन्चेन दोर्जे तामाङ र धनमाया तामाङ तथा सम्पन्न 3 नम्बर प्रदेश सभाको गठनमा जिल्ला बाट प्रदेश सभामा निर्वाचित प्रदेश सचिव राजेन्द्र तामाङ र प्रदेश सभा प्रचार प्रसार सचिव सालिक राम थापा मगर लाई जिल्ला सभाका अध्यक्ष सन्तोष तामाङ ले खादा द्वारा सफल कार्यकाल सुभ कामना सहित सम्मान गर्नु भएको थियो ।
जिल्ला सभा धादिङ का अधक्ष्य सन्तोष तामाङ को सभाध्यक्ष मा सम्पन्न कार्यक्रममा संगठन केन्द्रीय सदस्य तथा युवा नेता रिन्चेन दोर्जे तामाङको विशिष्ठ आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य धनमाया तामाङ को विशेष अतित्यथा रहेको थियो । सम्मान कार्यक्रममा संगठन का जिल्ला सभा प्रचार सचिव चोक बहादुर तामाङको स्वागत मन्तव्य रहेको थियो । जिल्ला सभाका वरिष्ठ सदस्य मान बहादुर गुरुङ, सहसचिव सागर तामाङ,3 नं प्रदेश सभाका सचिव राजेन्द्र तामाङ, केन्द्रीय सदस्य धनमाया तामाङ को मन्तव्य रहेको कार्यक्रममा संगठनको केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङ द्वारा प्रशिक्षण प्रदान गर्दै मुलुक र समस्त जनताहरूको निम्ति मंगोल नेशनल अर्गनाइजेसन को विकल्प नरहेको कुरा प्रकाश पार्नु भएको थियो । जिल्ला सदरमुकाम आसपासबाट उलेख्य उपस्थिति रहेको कार्यक्रमको अन्तमा प्रमुख अतिथि बाट समग्र संगठन र राजनैतिक परिवेशको विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम 3 नं प्रदेश सभाका प्रचार प्रसार सचिव सालिक राम थापा मगर ले सञ्चालन










गर्नु भएको थियो ।

0 comments :

Post a Comment

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu