Sunday, August 18, 2013

नेपालको मध्य तराई सर्लाही जिल्लामा मंगोल नेशनल अर्गनाईजेशन

नेपालको मध्य तराई सर्लाही जिल्लामा मंगोल नेशनल अर्गनाईजेशन

अहिन्दु मुलबासी मंगोल हरुको घना बस्ती रहेको सर्लाही जिल्लाको लालबन्दीमा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सचिव बुद्धलाल मेचेको प्रमुख आतित्थ्यता र संगठनको बरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामाको विशेष आतित्थ्यतामा संगठन बिस्तार कार्यव्रmम सम्पन्न भएको छ । उक्त कार्यव्रmममा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सदस्यहरु बीरलाल वालाहाङ मंगोल,सरस्वती लिम्बु,सन्तोष तामाङ तथा मंगोल नेशनल अर्गनाईजेशनका जिल्ला सभा झापाका सचिव श्याम लिम्बु, मंगोल नेशनल अर्गनाईजेशनका सोलुखुम्बू काठमाण्डौं प्रचार–प्रसार सभाका सचिव बाबु राना मगर समेत सहभागी हुनुहून्थ्यो । उक्त कार्यव्रmम मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा धादिङका सचिव रिन्छेन दोर्जे तामाङले सञ्चालन गर्नु भएको थियो । उक्त सभामा स्वागत मन्तब्य राख्नु हुंदै नवनिर्वाचित मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा सर्लाहीका सचिव बाबुराम बोम्जन मंगोलले सर्लाही जिल्लामा मंगोल नेशनल अर्गनाईजेशन भित्र्याउन सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो । 



नवनिवार्चित मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा सर्लाहीका अध्यक्ष शुक्र तामाङ मंगोलको सभाअध्यक्षतामा सम्पन्न कार्यव्रmममा झापा जिल्लाको तर्फबाट श्याम लिम्बुले संगठनको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै मंगोल नेशनल अर्गनाईजेशन सोलुखूम्बु काठमाण्डौं प्रचार–प्रसार सभाको सचिव बाबु राना मगरले मंगोलहरुको मुक्तीको निम्ति मंगोल नेशनल अर्गनाईजेशनमा सम्बद्ध भइ सहयोग गरिदिनुहुुन आव्हान गर्नुभयो । 
सम्बोधनकै व्रmममा केन्द्रीय सदस्य सन्तोष तामाङले अब हुने संविधान सभाको निर्वाचन बाट प्रत्यक्ष रुपमा मंगोल नेशनल अर्गनाईजेशनलाई जिताइ मंगोलहरुको गुमेको अस्तित्व र भावी सन्ततीको उज्वल भबिष्यको निम्ति सहयोग गरिदिनुहुन आग्रह गर्नुभयो । 
साथै अर्का केन्द्रीय सदस्य सरस्वती लिम्बुले बर्तमान नेपालको झण्डा राष्ट्रिय नभइ अराष्ट्रियताको प्रतिक भएकोले राष्ट्रिय भनिएको अराष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो । 
केन्द्रीय सदस्य बीरलाल वालाहाङ मंगोलले बर्तमान नेपालको राजनीति लोपउन्मुख अन्तराष्ट्रिय हात्तिपोलो खेल जस्तै भएको कुरा प्रष्ट पार्नुभयो । जसरी हात्तिपोलो खेलमा हात्तिलाई जुधाई त्यसको प्रत्यक्ष फाइदा एउटा लुखुरे माउतेले लिन्छ त्यसरीनै नेपालका ८० प्रतिशत बहुसंख्यक अहिन्दु मुलबासी मंगोल समुदायलाई एक—आपसमा जुधाई त्यसको फाइदा २० प्रतिशत अल्पसंख्यक हिन्दु आर्यन बाहुनक्षेत्रीले लिगिरहेको कुरालाई प्रष्ट पार्नुहुंदै अबको युगमा त्यस्ता षड्यन्त्रहरुबाट जोगिइ आङ्खनो अस्तित्वको निम्ति एक जुटहुन आव्हान गर्नुभयो । 
सम्बोधनकै व्रmममा बिशेष अतिथी तथा मंगोल नेशनल अर्गनाईजेशनका बरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामाले हिन्दु आर्यन बाहुनक्षेत्रीले जुन नीति अपनाइ हामिलाई आङ्खनै देशमा शरणार्थी बनाएको थियो त्यसरीनै यिनीहरुलाई नेपालको राज्यसत्ता बाट पाखा लगाउनु पर्ने कुरामा जोड दिनुभयो ।
प्रमुख अतिथी तथा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सचिव बुद्धलाल मेचेले राष्ट्रलाई भगवानको,भगवानलाई मन्त्रको र मन्त्रलाई बाहुनको हातमा राखेको कुरालाई खण्डन गर्नुहुंदै अब त्यस्ता हिन्दुवादी वर्णभेदीनीति नचल्ने कुरालाई प्रष्ट्याउंदै नेपालका सोझा–साझा अहिन्दु मुलबासी मंगोलहरु बिउंझिसकेको कुरा उल्लेख गर्नुभयो । 
कार्यव्रmमको अन्त्यमा कार्यव्रmम सञ्चालक तथा मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा धादिङका सचिव रिन्छेन दोर्जे तामाङले नेपालका कुनैपनि राजनितिक पार्टी तथा पार्टीका नेताहरुले संविधान बनाउन नसक्ने कुरालाई प्रष्ट्याउंदै जसरी हिन्दुवादी नेता प्रचण्ड,माधव,शुशील नेपालहरुले सरकार चलाउन नसकेर प्रधानन्यायधिसलाई सुम्पेको जसरीनै अन्तत बाहुनक्षेत्रीहरुले मंगोल नेशनल अर्गनाईजेशनलाई सत्ता सुम्पने दिन नजिकिंदै गरेको बताउनुभयो ।  
कार्यव्रmमका सभाअध्यक्ष तथा नवनिर्वाचित मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा सर्लाहीका अध्यक्ष शुक्र तामाङ मंगोलले केन्द्रीय सभालाई धन्यवाद दिनुहुंदै अब सर्लाही जिल्लाका समस्त अहिन्दु मुलबासी मंगोलहरुको मुक्तिको निम्ति हिन्दुवादी संस्कारको जरा उखेलेर ङ्खयाल्नको निम्ति सक्षम रहेको बताउनु भयो । साथै उक्त कार्यव्रmमबाट शुक्र तामाङ मंगोलको अध्यक्षतामा १५ सदसिय मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा सर्लाही गठन गरियो । नवनिर्वाचित कार्यसमिती पदाधिकारीहरुमा अध्यक्ष शुक्र तामाङ मंगोल,सचिव बाबुराम बोम्जन मंगोल,स–सचिव ज्ञान बहादुर मोक्तान,कोषाध्यक्ष लाल बहादुर योञ्जन,सदस्यहरु पूर्ण बहादुर वाइबा,दिप सागर दोङ,सोनाम सिंह बोम्जन,विरमान लामा,पूर्ण बहादुर मोक्तान,बिरु बम्जन तथा सल्लाहाकार सदस्यहरु बिष्णु मोक्तान,श्यामलाल श्याङ्तान,विवेक बोम्जन,दुध बहादुर भोलन र तीर्थ बहादुर मोक्तान रहनु भएको छ ।
साथै कार्यव्रmममा उपस्थित हुनुभएका सम्पूर्ण अतिथीहरुले निर्वाचित कार्यसमितीलाई खादाक लगाई कार्य सफलताको शुभकामना दिइएको थियो उक्त कार्यकमितीलाई मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सचिव बुद्धलाल मेचेज्यु ले संगठनको विधान अनुसार शपथ ग्रहण गराउनु भएको थियो । 

1 comments :

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu