Tuesday, August 7, 2018

मूलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न



शैलुङ युवा समाज दोलखाको आयोजना मा चियापान तथा मूलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजधानी काठमाडौं को जोरपाटी स्थित मजदुर फिल्म्स को हलमा सम्पन्न कार्यक्रम को प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेसन का वरिष्ठ केन्द्रिय सदस्य थुप्तेन लामा रहनु भएको थियो ।
मंगोल नेशनल अर्गनजेशन के स्थापना काल देखि उठाउँदै आएको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारको मुद्धा नै मुलुकको भविष्य रहेको र यही कुरालाई मध्यनजर राख्दै डा. गोपाल गुरुङको देनले स्थापित मंगोल दर्शनले मात्र मुलुकले निकास र विकास पाउने कुरा मा विश्वस्त रहेकोले नै युवा समाजको आयोजनामा उहाँको दर्शनको प्रशिक्षण कार्यक्रम राखिएको कुरा आयोजक समाजका सचिव ले स्वागत मन्तव्य मा प्रस्ताउनु भएको थियो ।
युवा समाजको अग्रसरतामा कार्यक्रम सम्पन्न भए पनि सिंगो देशले नै मंगोल नेशनल अर्गनाइजेसन ले ल्याउने व्यवस्थाको अंगीकार गरे मात्र मंगोल हरुको हित हुने कुरालाई औंल्याउँदै मंगोल नेशनल अर्गनाइजेसन ले आँगलेको 5 क्रान्तिको प्रतीक स्वरूप पाँच वटा द्वीप प्रज्वलन सहित नेपालको प्रथम लोकतन्त्र वादी नेता डा.गोपाल गुरुङको सम्झनामा 1 मिनेट मौनधारण सहित कार्यक्रम सुरु भएको थियो ।
मंगोल नेशनल अर्गनाइजेशन 3 नंबर प्रदेश सभाका प्रचार सचिव सालिक थापा मगर, कोषाध्यक्ष कुमार तामाङ , केन्द्रीय सदस्य धनमाया तामाङ, मेन लामा , मोहन मगर लगायतको मन्तव्य रहेको कार्यक्रम का विशिष्ट अतिथि तथा मंगोल नेशनल अर्गनाइजेसन का केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङ को प्रशिक्षण रहेको थियो ।
निमा घिसिङ तामाङ को सभापतित्वमा सम्पन्न कार्क्रममा राजेन्द्र तामाङ ले सञ्चालन गर्नु भएको थियो ।

0 comments :

Post a Comment

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu