Thursday, August 9, 2018

२४औं विश्व मुलबासी दिवस एम एनओ ले देशै भरी विभिन्न कार्यक्रम गर्दै मनायो


Dilips Dhimal


काठमाडौ / मंगोल नेसनल अर्गनाइजेसनले २४औ विश्व मुलबसी दिवस विभिन्न कार्यक्रमहरु गर्दै देशै भरी एकै साथमा मनाएको छ । त्यस्तै विभिन्न प्रबास सभाहरुले पनि त्यहा दिवसको उपलक्ष्यमा कार्यकमहरु गरेको छ । काठमाडौ स्थित केन्द्रिय कार्यलयमा केन्द्रिय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यता र केन्द्रिय कोषाध्यक्ष आङदावा शेर्पाको विशेष आतिथ्यतामा विश्व मुलबासी दिवस भब्यताका साथमा मनाइयो । पाल्पा जिल्ला सभाको आयोजनामा पाल्पा सदरमुकाम तानसेन बजारमा अवस्थित टुडिखेलमा बृहत खुल्ला सभा गर्दै मुलबासी दिवस मनाइएको छ । सगठनका केन्द्रिय मुल सचिब थमन बुढा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुन अघि टुडिखेल बाट विभिन्न नारा जुलुस गर्दै निस्केको बृहत र्याली बजार परिक्रमा गर्दै कार्यक्रम स्थल आएको थियो । कार्यक्रम सम्बोधन गर्दै मुल सचिब मगरले दिवसको औचितुमाथि प्रकाश पार्नु भएको थियो । त्यस्तै रुपन्देही जिल्ला सभाले पनि बुटवलमा २४ बिस्व मुलबासी दिवस भब्यताका साथमा सम्पन्न गरेको छ । बुटवल स्थित लखन थापा चोक बाट विभिन्न नारा जुलुस सहित निस्किएको बृहत र्याली रत्न नगरको तमु परिषदको सभाहल पुगेर कोणसभामा परिणत भएको थियो
सभालाइ केन्द्रिय सदस्य लगायत प्रदेश सभाका प्रतिनिधिहरुले सम्बोधन गर्नु भएको थियो । यता झापा जिल्ला सभाले आयोजना गरेको कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रिय प्रेसिडेन्ट बुद्ध लाल मचेले मंगोलहरु नेपालका मुलबासी भए पनि राज्यले मुलबासीहरु लाई हेर्ने दृष्टिकोण फरक रहेकाले मुलबासी हरु अन्यायमा परिरहेको बताउनु भयो । त्यस्तै उहाले मुलबासी दिवस लाई राज्यले नै गलत प्रचार गरिरहेको आरोप लगाउनु भयो । उता मोरङ जिल्ला सभाले मोरङको सुन्दर हरैचमा केन्द्रिय सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतिथ्यता २४ औं मुलबासी दिवस मनाएको छ । त्यस्तै इलाम , पान्थर , भोजपुर , कास्की, चितवन ,मकवानपुर , तनहु ,नवल्पुर ,दोलखा, धादिङ लगायत जिल्ला सभाहरुले पनि भब्य रुपमा दिवस मनाएका छन । त्यस्तै गरि प्रबास सभा भारत मेघालयमा पनि यो दिवस मनाइएको छ भने प्रबास सभा यु ए इ , हङकङ ले पनि विश्व मुलाबासि दिवस मनाएको छ । प्रबास सभा कतार ले भोलि त्यहा कार्यक्रम गर्दै छ ।

Related Posts:

  • नेपाली राजनितीमा मंगोलबाद नेपाली राजनितीमा मंगोलबाद Mongolism in Nepalese Politics. मंगोलबाद के हो र किन ? संसारमा तीन प्रकारका मानव समुदायको उत्पति भएको छ । संसारको विभिन्न भेगमा तिनीहरुलाई पहिला पहिला, ज्यापाटाइज–सेमेटिक–हेमेटिक भनिन्थ्यो … Read More
  • गोरखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न मंगोल सभा सम्पन्न २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि बैशाख ६ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको प्रथम जिल्ला अधिवेशन संगठनको संस्थापक प्रे… Read More
  • एमएनओले प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो मंगोल  नेशनल अर्गनाईजेशन सोलुखुम्बु काठमाडौं सम्पर्क सभा प्रचार–प्रसार बिभागको रोहबरमा एक औपचारिक तथा महŒवपूर्ण प्रशिक्षण कार्यक््रmम च्।ए गार्डेनको सभा हल चाबहिल काठमाडौमा मंगोल नेशनल अर्गनाईजेशनका बरिष्ठ केन्द्रिय सद… Read More
  • HIDDEN FACTS IN NEPALESE POLITICS HIDDEN FACTS IN NEPALESE POLITICS writer GOPAL GURUNG (Founder President. Mongol National Organization) Address: Post Box No. 2828, Kathmandu; Nepal. Tel: 523311 (HOME) Mo: 9741142450 Mongol Websites:- http://www.m… Read More
  • मेह्न्दोमाया साँस्कृतिक कार्यक्रम तथा मंगोल सभा सम्पन्न                   २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि फागुन २६ गते मंगोल नेशन… Read More

0 comments :

Post a Comment

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu