साउन १२ गते मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला बुधवारे गाउं सभाको आयोजनामा बुधवारे गा वि स सभा हलमा एक दिने वर्तमान राजनीतिको सर्न्दभमा संगठनको धारणाको बिषयमा छलफल तथा प्रशिक्षाण कार्यक्रम सम्पन्न भएको छ । गाउं सभाको अध्यक्ष डिल्ली नारायण श्रेष्ठको सभापत्तित्वमा बुधवारे गाउं सभाको कार्यक्रता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथी एमएनओ केन्द्रिय सभाका सचिव बुद्धलाल मेचे तथा अन्य अतिथिहरुमा एमएनओका केन्द्रिय सदस्य टोमराज थाम्सुहाङ,दिलिप धिमाल र जिल्ला सभा झापाको अध्यक्ष सान बहादुर मेचे हुनुहुन्थ्यो र उहांहरुले प्रशिक्षाण दिनु भएको थियो। कार्यक्रममा श्याम लिम्बुले स्वागत मन्तब्य राख्नु भएको थियो भने शक्ती चाम्लिङ राइले कार्यक्रम सन्चालन गर्नु भएको थियो। मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सचिव तथा प्रमुख अतिथी बुद्धलाल मेचेले अव हुने संविधान सभाको दोस्रो निर्वाचन तोकिएकै समय र सिमामा सम्पन्न गरी लोकतन्त्र धर्मनिरपेक्षता र प्रान्तियता विरोधी गतिविधी अन्त्य गरिनु पर्ने वेला आएको बताउनु भयो। अब पुर्व राजाको पूँजीवादी साम्राज्यवादको पछी लागेर लोकतन्त्रको खिल्ली र निर्वाचन आयोगको अचार संहिताको उल्लंघन गर्नु मुलुककै लागि दुर्भाग्य हुने बताउनु भयो।


MNO PROGRAM
Solukhumbu
0 comments :
Post a Comment