Tuesday, August 20, 2013

एमएनओले प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो


मंगोल  नेशनल अर्गनाईजेशन सोलुखुम्बु काठमाडौं सम्पर्क सभा प्रचार–प्रसार बिभागको रोहबरमा एक औपचारिक तथा महŒवपूर्ण प्रशिक्षण कार्यक््रmम च्।ए गार्डेनको सभा हल चाबहिल काठमाडौमा मंगोल नेशनल अर्गनाईजेशनका बरिष्ठ केन्द्रिय सदस्य श्यार्वा थुप्तेन लामा र मन कुमार गुरुङको विशेष उपस्थितीमा सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण कार्यक््रmममा सो सभाका पदाधिकारी तथा मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तदर्थ सभा सर्लाहीका अध्यक्ष शु्क््रm तामाङ जिल्ला तदर्थ सभा धादिङका सचिब रिन्छेन दोर्जे तामाङ तथा बिभिन्न जिल्लाका नवप्रबेशी 
एम.एन.ओका साधारण सदस्यहरुको समेत उल्लेख्य उपस्थिति भएको थियो ।
प्रशिक्षण कार्यव्रmमलाई सम्बोधन गर्दै मंगोल नेशनल अर्गनाईजेशन सर्लाही जिल्ला तदर्थ सभाका अध्यक्ष शुक्र तामाङले मंगोलहरुको मुक्तिको निम्ति मंगोल नेशनल अर्गनाईजेशनमा आवद्ध भई आङ्खनो र भावी सन्ततीको निम्ति सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
साथै सोही अवसरमा मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तदर्थ सभा धादिङका सचिव रिन्छेन दोर्जे तामाङले संगठन बिस्तार तथा संविधानको दोस्रो निर्वाचनको लागी मंगोल समुदायको मुक्तिको निम्ति संगठनको धारणा मंगोल समुदायसामु प्रचारप्रसार गर्न मंगोलहरुको घनाबस्ती रहेको सोलुखुम्बु जिल्ला प्रस्थान गर्न लाग्नु भएकोमा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सदस्य मन कुमार गुरुङलाई बधाई तथा यही संविधान सभाबाट नै मंगोल समुदायको नया अध्याय सुरु गनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसै गरी केन्द्रीय सदस्य थुप्तेन लामाले मंगोल नेशनल अर्गनाईजेशनको उद्धेश्य सफल पार्नको निम्ति युवाहरुको सक्रियता आवश्यकता रहेको कुरा प्रति इंगित गर्दै युवा अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यव्रmम संञ्चालक तथा मंगोल नेशनल अर्गनाईजेशन सोलुखुम्बु काठमाण्डौं सम्र्पक सभा प्रचारप्रसार बिभागका सचिव बाबु राना मगरले संगठनका नव प्रवेशी अबिरल थुलुङ मुक्ली ८ सोलुखुम्बु,जङ्गबहादुर राई जुभिङ ४ सोलुखुम्बु र बिरेन्द्र थापा मगर स्याङ्जाका साथीहरुलाई बधाई दिनुभयो । 

Related Posts:

  • एमएनओले प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो मंगोल  नेशनल अर्गनाईजेशन सोलुखुम्बु काठमाडौं सम्पर्क सभा प्रचार–प्रसार बिभागको रोहबरमा एक औपचारिक तथा महŒवपूर्ण प्रशिक्षण कार्यक््रmम च्।ए गार्डेनको सभा हल चाबहिल काठमाडौमा मंगोल नेशनल अर्गनाईजेशनका बरिष्ठ केन्द्रिय सद… Read More
  • गोरखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न मंगोल सभा सम्पन्न २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि बैशाख ६ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको प्रथम जिल्ला अधिवेशन संगठनको संस्थापक प्रे… Read More
  • मेह्न्दोमाया साँस्कृतिक कार्यक्रम तथा मंगोल सभा सम्पन्न                   २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि फागुन २६ गते मंगोल नेशन… Read More
  • एकाइसौ शताब्दी अहिन्दू मुलबासी मंगोल एकाइसौ शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्धेश्यको साथ यही आउदो फागुन ५ गते शनिबार धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेशिमा मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सदस्य हरुको बिशेष उपस्थ… Read More

0 comments :

Post a Comment

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu