Wednesday, March 13, 2013

मेह्न्दोमाया साँस्कृतिक कार्यक्रम तथा मंगोल सभा सम्पन्न


                  २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि फागुन २६ गते मंगोल नेशनल अर्गनाइजेशन जिल्ला तदर्थ सभा धादिङ्ग र एम.एन.ओ गाउ सभा सेमजोङ्गको संयुक्त आयोजनामा प्रा.वि. स्कुल सेमजोङ्ग ४ चौतारा धादिङ्गमा वृहत मेह्न्दोमाया साँस्कृतिक कार्यक्रम तथा मंगोल सभा सम्पन्न भएको छ . उक्त सभाको सभापतित्व एम.एन.ओ जिल्ला तदर्थ सभा धादिङ्गका कोषाध्यक्ष हरि बा. तामाङ्गले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य भिमलाल तामाङ्ग र विशष्ट अतिथिमा एम.एन.ओ. केन्द्रिय सदस्य तोक बा. गुरुङ्ग तथा विशेष अतिथि एम.एन.ओ जिल्ला तदर्थ सभा धादिङ्ग अध्यक्ष प्रेम शाक्य हुनुन्थ्यो । सो कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन जिल्ला तदर्थ सभा धादिङ्ग सचिव रिन्छेन दोर्जे लामाले संचालन गर्नु भएको थियो । कार्यक्रमलाई एम.एन.ओ केन्द्रिय सभाका सदस्य लगाएत दोलखा, नुवाकोट, भोजपुर र गोर्खा जिल्लाबाट आउनु भएका जिल्ला प्रतिनिधिहरुले संबोधन गर्नु हुदै अवको समयमा हामी मंगोलहरु एक भएर मंगोल मुक्तिको आवाजलाई बुलंद पानु पर्ने जोड दिदै जिल्ला तदर्थ सभालाई चाडैनै विधिवत रुपमा जिल्ला सभा घोषणा गर्नका निम्ति वधाई तथा हौसला प्रदान गर्नु भएको थियो । साथै उक्त सभामा उपस्थित अतिथि तथा आम सज्जन बुद्ध मंगोल समुदायहरु स्थानिय मंगोल चेलीहरुले मेह्न्दोमाया साँस्कृतिक कार्यक्रमको साथ भरपुर मनोरञ्जन प्रदान गर्नु भएको थियो । साथै सोहीदिन एम.एन.ओ जिल्ला सभा पाँचथरको आयोजनामा पाँचथर दरमुकाम फिदिममा एम.एन. ओ. संस्थापक प्रेसिडेन्ड डा. गोपाल गुरुङ्ग प्रमुख अतिथ्यमा मंगोल सभा सम्पन्न भएको थियो ।

Related Posts:

  • मेह्न्दोमाया साँस्कृतिक कार्यक्रम तथा मंगोल सभा सम्पन्न                   २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि फागुन २६ गते मंगोल नेशन… Read More
  • एकाइसौ शताब्दी अहिन्दू मुलबासी मंगोल एकाइसौ शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्धेश्यको साथ यही आउदो फागुन ५ गते शनिबार धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेशिमा मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सदस्य हरुको बिशेष उपस्थ… Read More
  • एमएनओले प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो मंगोल  नेशनल अर्गनाईजेशन सोलुखुम्बु काठमाडौं सम्पर्क सभा प्रचार–प्रसार बिभागको रोहबरमा एक औपचारिक तथा महŒवपूर्ण प्रशिक्षण कार्यक््रmम च्।ए गार्डेनको सभा हल चाबहिल काठमाडौमा मंगोल नेशनल अर्गनाईजेशनका बरिष्ठ केन्द्रिय सद… Read More
  • गोरखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न मंगोल सभा सम्पन्न २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि बैशाख ६ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको प्रथम जिल्ला अधिवेशन संगठनको संस्थापक प्रे… Read More

0 comments :

Post a Comment

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu