• प्रशिक्षण कार्यव्रmम

    प्रशिक्षण कार्यव्रmम सम्पन्नमंगोल नेशनल अर्गनाईजेशन सोलुखुम्बु काठमाडौं सम्पर्क सभा प्रचार–प्रसार बिभागको रोहबरमा एक औपचारिक तथा महŒवपूर्ण प्रशिक्षण कार्यक््रmम च्।ए गार्डेनको सभा हल चाबहिल ....

  • मंगोल सिपाहीहरु

    एमएनओले एक समय मंगोल सेल्भासन आर्मी भनेर तयार गरेको थियो तर अहिले खारेज गरिसकेको हो .

  • मंगोल सभा सम्पन्न

    २१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने महान नारा र उद्देश्यका साथ यहि बैशाख ६.....

  • कार्यकर्तालाई प्रशिक्षण

    एक कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय प्रबक्ता वीरलाल राई प्रशिक्षण कार्यक्रममा ब्यस्त

Sunday, April 21, 2013

गोरखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न


मंगोल सभा सम्पन्न

२१ औँ शताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको शताब्दी हुनेछ भन्ने
महान नारा र उद्देश्यका साथ यहि बैशाख ६ मंगोल नेशनल अर्गनाइजेशन
जिल्ला सभा गोरखाको प्रथम जिल्ला अधिवेशन संगठनको संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त सभा बाट रोहित तामाङको अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिती गठन गरिएको छ ।
सो सभामा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रिय सदस्य सुर्य गुरुङ,गणेश चाम्लिङ,भिमलाल तामाङ लगाएत अन्य केन्द्रिय सदस्य तथा इलाम,झापा,ताप्लेजुङ,सोलुखुम्बू,उदयपुर,खोटाङ,संखुवासभा,दोलखा,रामेछाप,भोजपुर,धादिङ,नुवाकोट,मकवानपुर,सिन्धुपाल्चोक,चितवन,लमजुङ,ओखलढुङ्गा,रुकुम,रोल्पा,
सर्लाहि र सप्तरी जिल्लाबाट जिल्ला प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । साथै उक्त कार्यव्रmममा मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा धादिङको संयोजकत्वमा मंगोल तामाङ समुदायको ऐतिहासिक पृष्ठ भुमी धादिङ सेमजोङको तामाङ कलाकारहरुको तर्फबाट मेह्न्दोमाया सांस्कृतिक कार्यव्रmमका साथ भरपुर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
र्यली सभा बाट गोरखा बजार परिव्रmमा गरि कार्यव्रmम मनकामना बोर्डिङ स्कुलको प्राङ्गणमा सुरु भएको थियो । र्यालीमा यो देश कस्को मंगोलको,हामी मंगोल हिन्दु हाइनौँ,हिन्दु चाड मान्दैनौँ भन्ने नारा घन्काइएको थियो ।
उक्त सभालाई सम्बोधन गर्नुहुँदै मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा धादिङका सचिव रिन्छेन दोर्जे तामङले मंगोलहरुको ऐतिहासिक धादिङ सेम्जोङको मंगोल तामाङ वाइबा राजालाई
हिन्दु आर्यन बाहुनक्षेत्रीहरुले षड्यन्त्रपुर्ण ढंगबाट हत्या गरिएको कुरामा प्रष्ट पार्नुहुँदै अबको समयमा यिनीहरुको विरुद्ध एकजुट भएर लड्नु पर्नेकुरामा जोड दिँदै नवनिर्वाचित कार्यसमितीलाई सफलताको लागी शुभकामना ब्यक्त गर्नु भयो ।
साथै सम्बोधनकै व्रmममा मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा दोलखाका सचिव अरुणराज गुरुङले एकाइशौँ शताब्दीमा यस राष्ट्रमा यहिँका मुलबासी मंगोलहरुको हातबाट राज्य सञ्चालन भए पछि मात्र देश विकास हुने र त्यसको निम्ति मंगोल नेशनल अर्गनाईजेशन मात्र मंगोलहरुको मुक्ति गर्ने पार्टी भएको कुरा स्पष्ट पार्नु भयो ।
मन्तब्यकै व्रmममा केन्द्रिय सदस्य सुर्य गुरुङले नेपालको राजनितीमा सहि र सत्यतथ्यकुरा गर्ने एउटै मात्र पार्टी मंगोल नेशनल अर्गनाईजेशन भएको जानकारी गराउनु भयो ।
केन्द्रिय सदस्य गणेश चाम्लिङले ८० प्रतिशत अहिन्दु मुलबासी मंगोललाई २० प्रतिशत हिन्दु आर्यन बाहुनक्षेत्रीले षड्यन्त्र गरेर कहिल्यै सत्तामा जान नदिने कुरामा प्रष्ट पार्नु भयो ।
तथा कार्यव्रmमको अन्त्यमा प्रमुख अतिथी संस्थापक प्रेसिडेन्ट डा. गोपाल गुरुङले मंगोल नेशनल अर्गनाईजेशनलाई विश्वब्यापी रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत विभिन्न माध्यमबाट प्रचार भइरहेको कुरामा खुशी ब्यक्त गर्नुहुँदै सम्पुर्ण मंगोल हरुलाई हिन्दु आर्यन बाहुनक्षेत्रीको विरुद्ध निर्भिक्ताका साथ लड्नको निम्ति उत्साह प्रदान गर्नु भएको थियो ।

.
Thupten Lama

MNO PROGRAM

MNO PROGRAM
Solukhumbu